नियम १३घ
अन्तशुल्क विवरण पेश गर्न लगाउन सकिने
कुनै इजाजतपत्रवालाको मृत्यु भएमा वा निजले अन्तशुल्क विवरण पेश गर्न शारीरिक वा मानसिक रूपमा असमर्थ भएमा निजको मृत्यु भएको वा निज शारीरिक वा मानसिक रूपमा असमर्थ भएको अघिल्लो दिनसम्मको अवधिसम्म निजले अन्तशुल्कजन्य कारोबार गरेको मानी अन्तशुल्क अधिकृतले सो महिनाको अन्तशुल्क विवरण निजको हकवाला वा कानून बमोजिमको प्रतिनिधिलाई पेश गर्न लगाउन सक्नेछ ।
१३ङ अन्त शुल्क फिर्ता सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ३ख. को उपदफा (५) बमोजिम अन्त शुल्क फिर्ता पाउन आन्तरिक राजश्व विभागले तोकेको ढाँचामा अन्तशुल्क अधिकृत समक्ष दरखास्त पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश हुने दरखास्त साथ विभागले तोके बमोजिमका निर्यात प्रमाणित हुने कागजात पेश गर्नु पर्नेछ ।
(३) ऐनको दफा ३ख( को उपदफा (६) बमोजिम फिर्ता गरिने अन्तशुल्क रकम बीस हजार रुपैयाँभन्दा बढी भएमा सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने गरी चेक मार्फत भुक्तानी गर्नु पर्नेछ ।